काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश क्षेत्रमा बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यतया बदली रहने तथा हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने जनाइएको छ।











प्रतिक्रिया