नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


काठमाडौँ।

नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट रु दुई लाख ४० हजार असुली गरी ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ । निजउपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।