नवलपरासी
आफ्नै पालिका कार्यालय पुग्ने बाटो नपाउँदा पूर्वी नवलपरासीस्थित विनयी त्रिवेणीका २ वडा गण्डकी प्रदेशबाट अलग्गिने भएका छन् ।
मुलुक संघीय संरचनामा गएसंगै प्रदेश निर्माणका क्रममा भारतसँग सीमा नाका जोडिने गरी साबिकको सुस्ता गाविसका त्रिवेणी, शिवपुर र रानीनगर बजारलाई २ वडा कायम गर्दै गण्डकी प्रदेशमा गाभिएको थियाे ।
प्रदेश संरचनाकाे निर्माणसंगै सिङ्गो त्रिवेणी बजार सीमा नाका बन्ने,साविककाे हुलाकी सडक स्तराेन्ती भई पूर्व पश्चिम राजमार्ग र पालिका कार्यालयसंग जाेडिदा यस क्षेत्रकाे कायापलट हुने कुराले स्थानीयबासी उत्साहित बनेका थिए ।तर, तिनै त्रिवेणीबासीले यस पटक कठाेर निर्णय लिएकाे विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए ।
शाहले भने हामी गण्डकी प्रदेशमा समावेश भएकाे यतिका वर्ष भई सक्दा पनि प्रदेश मार्ग त कता हाे कता आफ्नै पालिका भवन सम्म पुग्ने बाटो पाएनाैं ।
बाटो बन्ने कुरा राजनैतिक दहहरूकाे चुनाबी नारामै सिमित भई रहने जनताले पालिका र सदरमुकाम पुग्न सास्ती खेप्नु पर्ने भए पछि स्थानीयहरूकाे सर्व पक्षीय भेलाबाट त्रिवेणीलाई सुस्तामा गाभ्ने माग वडा कार्यालयमा आएकाेले जन आकांक्षाकाे सम्मान गर्दै उक्त बिषयलाई पालिकामा लगिएकाे अध्यक्ष शाहकाे भनाई छ।
वडा अलग्गिने विषय गाउँ पालिका अधिवेशनबाट अनुमोदन
विनयी त्रिवेणी गाउँ पालिका अन्तर्गतका ६ र ७ नम्बर वडा अलग हुने निर्णय सोमबार पालिकाकाे १९ ओैं गाउँ सभा एवं अधिवेशनबाट अनुमोदन भएकाे पालिका प्रमुख घनश्याम गिरीले बताए ।
गाउँपालिका अध्यक्ष गिरीले भने गाउँ अधिवेशन हुनै लाग्दा त्रिवेणी क्षेत्रका बासिन्दा आफ्ना वडाध्यक्षसहित आएर आँफूहरू गण्डकी प्रदेशबाट अलग्गिएर लुम्बिनी प्रदेशकाे सुस्ता गाउँ पालिकामा जान चाहेकाे बताउदै दबाब दिए पछि उक्त माग पत्रलाई अधिवेशन सभाले अनुमोदन गरेको हाे ।
दुरीका हिसावले २०/२५ किलाे मिटरमै रहेका २ वटा वडा समग्र गण्डकी प्रदेशकै पहुँच मार्गले निकास नपाउँदा स्थानीयलाई झण्डै ५० किलाे मिटरकाे घुमाउराे बाटाेमा हिडी रहनुस भन्न सकिएन,संघीयताले दिएकाे सास्ती हामीले पनि थेग्न सकेनाैं र जिल्ला समन्वय समितिलाई वडा अलग्गिने माग सहितको विषय सिफारिस गर्ने निर्णयमा पुग्याैं अध्यक्ष गिरीले बताए ।

केले छक्याे बाटो,जसले त्रिवेणीबासीलाई लुम्बिनी प्रदेशकाे सुस्तामा गाभिन जाने निर्णयमा पुग्न बाध्य बनायो
बिगतमा विनयी त्रिवेणीकाे दुम्किबासबाट बघुवन हुँदै प्राचीन हुलाकी सडकलाई पहुँच मार्गका रूपमा विकास गर्ने गरि त्रिवेणीधामलाई गण्डकी प्रदेशमा राखेर छिमेकी देश भारत संगकाे नाका एवं पारवहन बिन्दुका रूपमा राज्यकाे पुनर्संरचना गरियो ।
त्रिवेणी नाकालाई भन्सार बिन्दुका रूपमा बिस्तार एवं विकास गरियो, सशस्त्र सहितको सुरक्षा बल,जनपद प्रहरी,स्वास्थ्य कार्यालयहरूमा दरवन्दी थपिए तर पहुँच मार्ग बघुवन त्रिवेणी सडक निर्माणको कामले भने पटक्कै गति लिएन ।
प्रदेश सरकारका तर्फबाट उक्त ८ किमी माेटरेवल बाटो निर्माणका लागि नेपाली काँग्रेस,नेकपा एमालेका तर्फबाट बनेका ३ जना मुख्यमन्त्रीहरूले स्थलगत भ्रमण गर्दै पहुँच मार्ग निर्माणमा स्थानीय तह देखि संघीय मन्त्रालय सम्म पहल गरिनै रहे तर अहिले सम्म बाटो बन्न सकेकाे छैन् ।
बताईए अनुसार बाटो नबन्नुकाे कारण चितवन राष्ट्रिय निकुञ्ज एक मात्र कारण बनेर रहेको छ तर त्यही प्रकृतिको जगतपुर माडी ठाेरी सडक भने यथावत संचालनमा रहेको छ ।
परापूर्व कालदेखि पहाडका मानिसहरू आफ्ना उत्पादन बिक्री गर्ने तथा दैनिक उपभाेग्य बस्तु नुन,मट्टीतेल लत्ताकपडा खरिद गर्ने एकमात्र थलाे त्रिवेणी बजार आउजाउ गर्ने याे बाटो निकुञ्जकै कारण रोकिएको बताइन्छ ।
त्रिवेणीका वयोवृद्ध समाजसेवी बुद्धि सागर उपाध्यायले यही बाटो भएर आँफुले कयौं पटक पुर्ख्याैली थलाे कास्की पाेखरा सम्म सामान ओसार पसार गरेको बताए।
उपाध्यायका अनुसार बर्षामा खाेला खहरे बढ्ने हुँदा हिउँद याममा भैरहवा देखि यही बाटो भएर हुलाक सेवा सञ्चालन हुने गर्दथ्याे ।
हिउँदमा घण्टी बजाउँदै डाँक बाेकेर हल्काराहरू यही बाटो हिँड्ने गर्दथे भने माघे ओैँसीमा यही बाटो आएर श्रद्धालुहरू स्नान,दान तथा मेला भरेर फर्कन्थे ।
२०२० काे दशक देखिनै त्रिवेणी सुस्ता क्षेत्रमा बसाेबास गर्ने उपाध्यायकाे भनाईमा बघुवन – त्रिवेणी प्राचीन सडक हाे,बिगतमा राष्ट्रिय राजनीतिमा पहुँच राख्ने नेताहरूले पहल नगरेकै कारण बाटो बन्न सकेन अहिले निकुञ्ज बाधक भयो भन्ने गरेको सुन्दै आएको छु ।
हामीले जानेकाे निकुञ्ज नारायणी पारी हाे २०५० काे दशकमा नारायणी वारि मध्यवर्ती क्षेत्र बनेपछि निकुञ्जले बाटो छेक्याे भनिएकाे हाेला संरक्षण संगै बाटाेकाे विकास र निकास राज्यले नै दिनु पर्छ उपाध्याये भनाई रहेको छ ।











प्रतिक्रिया