काठमाडौँ ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। दोस्रो हाफमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले दुई गोल गर्दै जर्मनीको पुनरागमन जित सुनिश्चित गरे।
कप्तान फ्रान्क कसीको गोलमा आइभरी कोस्टले अग्रता लिए पनि उन्डाभले ६८औँ मिनेटमा बराबरी गोल गरे र इन्जुरी टाइममा विजयी गोल थपे। लगातार दोस्रो जितसँगै जर्मनी ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै एक खेलअघि नै अन्तिम १६ मा पुगेको छ।











प्रतिक्रिया