स्कुल बस दुर्घटना : ३४ जना घाईते को विवरण सुचि सहित


उदयपुर ।

महोतरीको बदिबासबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको एक स्कुल बस शनिबार बिहान उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं ७ मा पर्ने अँधेरीमा दूर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने अन्य ३४ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शनिबार बिहान ०८ः५० बजे जिल्ला उदयपुर उदयपुरगढी गा.पा. वडा नं. ०७ जोगिटोल स्थित सडकमा महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको दिप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नं को बस आफै अनियन्त्रित भई सडकबाट अं १२ मिटर तल खसेर दुर्घटना भएको हो ।

बस दूर्घटना भएको भन्ने स्थानीयबासीले खबर गर्नासाथ अस्थायी पहरी ्रपोष्ट संगमचोक उदयपुरबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटी गई घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएकोमा उपचारकै क्रममा १ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । अन्य निम्न घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको छ । बस चालक जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं १० बस्ने वर्ष २८ को जीवन आले सकुशल रही अस्थायी प्रहरी पोष्ट संगमचोकको नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सो दूर्घटनामा परी मृत्यु हुनेमा बर्दिबास न.पा बस्ने ५५ वर्षका विमलेश दत्त रहेकोको उपचारकोर उनको क्रममा बिहान ०९ः५० बजे उदयपुर जिल्ला अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए ।

न्यूरो अस्पताल विराटनगर रिफर गरिएका घाइतेहरूमा महोत्तरी, गौशाला न।पा। ०२ बस्ने अ। वर्ष ३८ की रसिला कुमारी चौधरी,निज घाईते रसिला कुमारी चौधरीको छोरा वर्ष १२ को सन्देश कुमार चौधरी रहेका छन् ।

यसैगरी जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेका घाइतेहरूमा जिल्ला महोत्तरी, गौशाला न.पा. वडा नं २ बस्ने वर्ष ४५ का जितन प्रसाद यादव, ऐ.ऐ. बस्ने वर्ष ३८ की पिंकी यादव, ऐ.ऐ. बस्ने वर्ष २४ की नितु यादव रहेकाछन् । अन्य घाइतेमा ऐ.ऐ. बस्ने वर्ष १५ की चाँदनी पासवान,ऐ.ऐ. बस्ने वर्ष ४५ का भिकारी यादव, ऐ.ऐ. बस्ने वर्ष वर्ष २२ की अमृता यादव,ऐ.ऐ. बस्ने वर्ष अं। २० की अञ्जली साह छन् ।

सोही ठाउँका अन्य घाइते हरमा वर्ष १८ की रुपा महतो, वर्ष २४ का अनिल कुमार पासवान, वर्ष ३६ का दिनेश साह, वर्ष ७ का आलोक साह, बस्ने वर्ष २६ की अनिसा महतो, वर्ष १० की नादनी कुमारी यादव, वर्ष २७ का अजय कुमार मण्डल,वर्ष ३८ का दिपेन्द्र महतो, जिल्ला महोत्तरी, गौशाला न.पा. वडा नं ११ बस्ने वर्ष २६ का कुश महतो, जिल्ला सिराहा, लक्ष्मिपुर पतारी गा.पा. वडा नं ५ बस्ने वर्ष ३० का रामशंकर यादव रहेका छन् ।

सो बस दूर्घटनामा परेर घाइते भै उदयपुर जिल्ला अस्पतालमा उपचाररत रहेका अन्य घाइतेहरुमा जिल्ला सिराहा ल्क्ष्मीपुरपतारी ५ बस्ने बस्ने वर्ष २२ की निर्मला यादव, वर्ष ७ का बिकि यादव, जिल्ला महोत्तरी, सोनुवा गा.पा. वडा नं ७ बस्ने वर्ष ३२ का सिकेन्द्र बैठा, जिल्ला महोत्तरी, औरी न.पा. वडा नं २ बस्ने वर्ष १३ की निशा यादव जिल्ला महोत्तरी, गौशाला न.पा. वडा नं २ बस्ने वर्ष ११ की पुष्पा महतो, जिल्ला महोत्तरी, गौशाला न.पा. वडा नं ५ बस्ने वर्ष १८ की ममता महता,े जिल्ला महोत्तरी, औरी न.पा. (वडा नखुलेको) बस्ने वर्ष १० की सोनाक्षि यादव, जिल्ला महोत्तरी, औरी न.पा.(वडा नखुलेको) बस्ने वर्ष २४ का नन्द किशोर पण्डित जिल्ला महोत्तरी, औरी न.पा. (वडा नखुलेको) बस्ने वर्ष ३५ का शिवलाल महतो
जिल्ला महोत्तरी, औरी न.पा.(वडा नखुलेको) बस्ने रामतोला देवीको छोरा वर्ष ५ का रोहन मण्डल, जिल्ला महोत्तरी, औरी न.पा. (वडा नखुलेको) बस्ने वर्ष २४ का लभ महतो रहेका छन ।

उक्त दूर्घटनामा परेर सकुशल रहेकाहरूमा जिल्ला महोतरी औरी न.पा.,बस्ने वर्ष २५ की रामतोला देवी मण्डल र सोही ठाउँकीऔरी न.पा. बस्ने वर्ष १४ की प्रिति यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।