ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?


काठमाडौँ।

नेपाली बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९३ हजार २ सयमा कारोबार भएको सुन आज ५ हजार रुपैयाँले २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेको छ ।

आइतबार ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२० रुपैयाँले बढेर ५ हजार ०१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।