हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा


काठमाडौँ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई(हर्क साम्पाङ) लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। मोटरसाइकल चलाउँदा ट्राफिक नियमको पालना नगरेको आरोपमा उनीमाथि आज आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्री तथा प्राप्त जनगुनासोका आधारमा घटनाको अध्ययन गरी कारबाही गरिएको हो।

प्रहरीले जारी गरेको सूचनामा ट्राफिक नियमविपरीत सवारी चलाएको सम्बन्धमा आएका गुनासोको आधारमा हर्कराज राईलाई कानुनअनुसार कारबाही गरिएको उल्लेख छ।

यससँगै प्रहरीले सबै चालक, सहचालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र सडकमा जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ।