काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
आगामी असार १ देखि ९ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि परीक्षाको नतिजा असार २५ गतेभित्र प्रकाशन गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन्।
यस वर्षको एसइईमा १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका थिए। ग्रेड ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। परीक्षामा कति विद्यार्थी सहभागी हुनेछन् भन्ने यकिन विवरण भने अझै प्राप्त भएको छैन।











प्रतिक्रिया