काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार तत्काल नढल्ने र आफ्नो पार्टी राजनीतिक अस्थिरताको पक्षमा नरहेको बताएका छन्।
पाँचदिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सम्भावित सत्ता समीकरण र प्रधानमन्त्री बन्ने चर्चाबारे प्रश्न गरेका थिए।
जवाफमा उनले निर्वाचनअघि पार्टीले सार्वजनिक गरेका प्रतिबद्धताहरू स्मरण गराउँदै रास्वपा आफ्नो वाचा र नीतिप्रति प्रतिबद्ध रहेको बताए।
“निर्वाचनअघि हामीले लेखेका र सार्वजनिक गरेका प्रतिबद्धता एकपटक हेर्न आग्रह गर्छु। हामी बोलेका र लेखेका कुरामा दृढ छौँ,” उनले भने।
प्रतिपक्षी दलहरूले उनको भारत भ्रमणलाई लिएर विभिन्न आशंका व्यक्त गरिरहेको प्रसंगमा उनले अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरे। आफूहरू सरकार गिराउने वा अस्थिरता निम्त्याउने गतिविधिमा नरहेको उनको भनाइ थियो।
“हामी अस्थिरताको पक्षमा छैनौँ। जहाँ सुधार आवश्यक छ, त्यहाँ सुधारका लागि पहल गर्छौँ। सामान्य विषयलाई पनि ठूलै राजनीतिक संकटजस्तो देखाएर अनावश्यक हल्ला फैलाउन आवश्यक छैन,” लामिछानेले भने।











प्रतिक्रिया