काठमाडौँ ।
गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो।
मन्त्रालयका अनुसार प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन १३ जिल्लाका सीडीओ हेरफेर गरिएको हो। यससँगै गृह मन्त्रालयअन्तर्गत रहेका पाँच महाशाखा तथा विभागमा कार्यरत सहसचिवहरूको समेत जिम्मेवारी परिवर्तन गरिएको छ।
गृह मन्त्रालयले नयाँ पदस्थापन गरिएका अधिकारीहरूलाई तत्काल जिम्मेवारी सम्हाल्न निर्देशन दिएको जनाएको छ। सरुवा भएका अधिकारीहरूको नामावली र नयाँ जिम्मेवारीबारे विस्तृत विवरण मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रशासनिक नेतृत्वमा गरिएको यस फेरबदललाई गृह प्रशासनको कार्यक्षमता, सेवा प्रवाह र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसँग जोडेर हेरिएको छ।













प्रतिक्रिया