थाइल्याण्ड पर्यटन प्रवर्धन कार्यक्रम काठमाडौंमा सम्पन्न

94
Shares


काठमाडौं ।

थाइल्याण्डको पर्यटन प्राधिकरण नयाँ दिल्ली कार्यालयले काठमाडौंमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०२६ जुन २ मा काठमाडौंस्थित एलोफ होटल मा आयोजना गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य नेपालका ट्राभल एजेन्टहरूलाई थाइल्याण्डका नयाँ पर्यटन उत्पादन, नवीनतम अपडेट, उदाउँदा गन्तव्यहरू तथा इन्सेन्टिभ र सेलिब्रेसन कार्यक्रमका फाइदाबारे जानकारी गराउनु रहेको थियो।
थाइल्याण्ड पर्यटन प्राधिकरण, नयाँ दिल्ली कार्यालयका निर्देशक खजोर्नरित ख्वान्मोङ्कोल ले नेपाललाई थाइल्याण्ड पर्यटनका लागि “बलियो र सम्भावनायुक्त बजार” का रूपमा उल्लेख गर्दै विमान सेवा विस्तार र क्षेत्रीय माग बढेसँगै पर्यटन आवागमन उल्लेखनीय रूपमा वृद्धि भएको बताए। उनले  हिलिङ ईज ब न्यु लक्जरी भन्ने नयाँ मार्केटिङ अभियानबारे पनि जानकारी गराए।कार्यक्रमको उद्घाटन मन्तव्य नेपालस्थित थाइल्याण्डका राजदूत महामहिम डोनावित पुलसावत ले दिएका थिए। उनले थाइल्याण्ड यात्रा गर्न चाहने पर्यटकहरूलाई सहज सेवा उपलब्ध गराउन दूतावास र ट्राभल पार्टनरबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।त्यसपछि मार्केटिङ अफिसर वैषाली शर्मा ले प्रस्तुति दिँदै नेपालका यात्रुहरूका लागि नयाँ तथा आकर्षक गन्तव्यहरूको जानकारी गराइन्। उनले खाओ याई, कान्चनाबुरी, खाओ लक, कोह लान्ता र कोह लिपे जस्ता स्थानहरूलाई आरामदायी बिदाका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रस्तुत गरिन्।
उनले उत्तरी थाइल्याण्डका चियाङ माई र चियाङ राय मा स्काइ डाइभिङ तथा हट एयर बेलुन जस्ता साहसिक गतिविधिहरू लोकप्रिय हुँदै गएको तथा क्राबी र हुआ हिन क्षेत्रमा वेलनेस पर्यटन तीव्र रूपमा विस्तार भइरहेको पनि उल्लेख गरिन्।कार्यक्रमले नेपालका ट्राभल एजेन्टहरूलाई थाइल्याण्डका विविध पर्यटन अवसर, नयाँ मार्केटिङ अभियान तथा इन्सेन्टिभ कार्यक्रममार्फत सहकार्यका सम्भावनाबारे महत्वपूर्ण जानकारी प्रदान गरेको आयोजकले जनाएको छ।