ओम प्रतीकको निर्देशनमा निर्माणाधीन फिल्म हली आगामी साउन २२ गते रिलिजमा आउने भएको छ। निर्माण टिमले फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट तय गरेको हो।
फिल्मको सार्वजनिक एक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू रिसाहा स्वभावमा देखिएका छन्। ओम प्रतीक,सरोज खनाल,प्रमोद दीप र सुजाता थापा रिसाहा अनुहारमा देखिएका छन्। उनीाहरूबीचको सम्बन्धमा खटपट परेपछिको अवस्था पोस्टरमा देख्न झल्काइएको छ। पोस्टरले फिल्मको कथामा हुने एउटा घटनालाई प्रस्तुत गरेको छ। उनीहरूको पछाडी एक घरको दैलोमा भित्र र बाहिर दुई महिला थाल बोकेर बसेका छन्। यसले नारीको वेदना कथाले भन्न खोजेको छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्म्स्को संयुक्त ब्यानरमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठद्वारा निर्माणाधीन फिल्मको कथा वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको र यसले समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षले जनाएको छ। अघिल्लो वर्ष व्यावसायिक रूपमा सफल फिल्म मोहर निर्देशन गरिसकेका ओम प्रतीक यस पटक पनि आप्mनो कथावस्तुप्रति पूर्णरूपमा विश्वस्त देखिएका छन्। फिल्म उनले नै लेखेका हुन्।
प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउ“ले, विशाल पहाडी, निर्देशक ओम प्रतीकलगायतले अभिनय गरकेो फिल्मको विशेष आकर्षणको रूपमा एउटा प्रमोशनल गीत समावेश गरिएको छ। जसमा लोकप्रिय कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य गरेका छन्। जसको कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका छन्। फिल्मका अन्य गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका छन्।
अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह–निर्मात्री र लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर फिल्ममा जश्मिन श्रेष्ठ र बाबुल गिरीको शब्द रचना, शम्भुजित बा“स्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, बाबुल गिरी र शान्तिश्री परियारको स्वर, कुमार महर्जनको द्वन्द्व निर्देशन, राहुल राईको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।











प्रतिक्रिया