यही जून ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त आयोजना हुने फिफा वर्ल्डकपमा समूह डी मा चारै टिमको बराबर सम्भावना रहनेछ । यस समूहमा सहआयोजक अमेरिका, अस्टे«लिया, टर्की र पाराग्वे रहेका छन् । यी सबै टिमको समूह चरण पार गर्न निकै प्रतिस्पर्धा हुने देखिन्छ । तर, शीर्ष दुई मात्र अन्तिम ३२ मा पुग्ने मौका हुनेछ भने एक टिमको लागि भने उत्कृष्ट तेस्रो टिममा पर्नु पर्ने हुन्छ ।
अमेरिका
अमेरिकाको वर्ल्डकप इतिहासमा तेस्रो स्थान हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि रहेको छ । सुरुआतको उद्घाटन वर्ल्डकपमा अमेरिकी टिम तेस्रो भएको थियो । यसपछि अमेरिका २००२ को वर्ल्डकपको क्वार्टरफाइनलसम्म पुगेकै राम्रो नतिजा थियो । पछिल्लो वल्र्डकप २०२२ मा टिम अन्तिम १६ सम्म पुगेको थियो । अहिले आफ्नै भुमिमा प्रतियोगिता हुने भएकोले टिमले यसको फाइदा उठाएर योभन्दा माथि जान सक्ने संभावना रहेको छ ।
वर्ल्डकप यात्रा :
समूह चरण ः १९५०, १९९०, १९९८, २००६
अन्तिम १६ः १९३४, १९९४, २०१०, २०१४, २०२२
क्वार्टरफाइनलः २००२
तेस्रो स्थानः १९३०
टर्की
२००२ को वर्ल्डकपमा सहआयोजक टिम साउथ कोरियालाई हराएर टर्कीले तेस्रो स्थान प्राप्त गरेको थियो । यसपछि भने टर्की लगातार ५ वल्र्डकपमा छनोट हुन असफल भयो । अहिले चाहिँ वल्र्डकपमा छनोट हुनु नै टिमको लागि ठूलो उपलब्धि रहेको छ । समूहमा त्यति ठूलो टिमहरू नभएको हुँदा टर्कीले समूह चरण पार गर्ने संभावना छ ।
वर्ल्डकप यात्रा :
समूह चरण : १९५४
तेस्रो स्थानः २००२
पाराग्वे
पाराग्वेको कथा पनि टर्कीको जस्तै रहेको छ । साउथ अफ्रिकामा २०१० मा भएको वर्ल्डकपमा पाराग्वेको यात्रा क्वार्टरफाइनलसम्म पुगेको थियो । तर, यसपछि भने यो साउथ अमेरिकन टिम लगातार ३ वर्ल्डकपमा छनोट हुन सकेन । अहिले २०१० पछि वर्ल्डकपमा खेल्दैछ । टिमको मुख्य लक्ष्य फेरि एकपटक क्वार्टरफाइनल पुग्ने टिमका मेनेजरले एक अन्तर्वार्तामा बताएका छन् ।
वर्ल्डकप यात्रा :
समूह चरण ः १९३०, १९५०, १९५८, २००६
अन्तिम १६ः १९८६, १९९८, २००२
क्वार्टरफाइनलः २०१०
अस्टे«लिया
अस्टे«लियाको पछिल्ला वर्ल्डकपमा प्रदर्शन खासै राम्रो रहेको छैन । पछिल्लो वल्र्डकप २०२२ को कतार वर्ल्डकपमा टिम अन्तिम १६ सम्म पुगेको थियो । यसअघि २०१० देखि २०१८ सम्मको वर्ल्डकपमा टिम समूह चरणसम्मै सीमित भएअनुसार कतार वर्ल्डकपको यात्रा सन्तोषजनक नै रह्यो । अहिले पनि टिमसँग त्यति राम्रा खेलाडीहरू छैनन् । यसैले टिमको लागि समूह चरणमा एक खेलमा जित हासिल गरेमा पनि त्यो ठूलो उपलब्धि हुने छ ।
वल्र्डकप यात्रा :
समूह चरण : १९७४, २०१०, २०१४, २०१८
अन्तिम १६ः २००६, २०२२

१३ जुन, ०२ः०० जीएमटी+१ अमेरिका– पाराग्वे (सोफी स्टेडिअम)
१४ जुन, ०५ः०० जीएमटी+१ अस्ट्रेलिया– टर्की (बीसी प्लेस)
१९ जुन, २०ः०० जीएमटी+१ अमेरिका– अस्ट्रेलिया (लूमन फील्ड)
२० जुन, ०५ः०० जीएमटी+१ टर्की– पाराग्वे (लिभाइज स्टेडिअम)
२६ जुन, ०३ः०० जीएमटी+१ पाराग्वे– अस्ट्रेलिया (लिभाइज स्टेडिअम)
२६ जुन, ०३ः०० जीएमटी+१ टर्की – अमेरिका (सोफी स्टेडिअम)











प्रतिक्रिया