काठमाडौँ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० तय भएको छ ।
यसैगरी आज चाँदी तोलामा १४० ले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५० निर्धारण भएको छ ।











प्रतिक्रिया