‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया


काठमाडौँ
सेरामिक्स र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारिया, नेपालको सबैभन्दा प्रतिष्ठित एवं प्रभावशाली मञ्चमध्येको एक ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आबद्ध भएको छ ।

सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने यस सौन्दर्य प्रतियोगितासँग सहकार्य गर्न पाउँदा कम्पनीले गर्व व्यक्त गरेको छ । यस साझेदारीसम्बन्धी औपचारिक पत्रकार सम्मेलन ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना गरिएको थियो ।

कजारियाले यो साझेदारी केवल एउटा प्रायोजन मात्र नभई नेपालीहरूको आकांक्षासँग जोडिने आफ्नो प्रतिबद्धता भएको जनाएको छ ।

सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य यो मञ्चले राखेको छ ।

मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर देशभरका उपभोक्ताहरूसँग गहिरो भावनात्मक सम्बन्ध स्थापना गर्दै आफ्नो उपस्थिति र आकर्षणलाई थप मजबुत बनाउने उद्देश्य लिएको छ ।

यस अवसरमा कजारियाका प्रवक्ताले भने, “मिस नेपाल २०२६ को मुख्य प्रायोजकका रूपमा आबद्ध हुन पाउँदा हामीलाई अत्यन्तै गर्व लागेको छ । यो एउटा यस्तो मञ्च हो, जसले आधुनिक नेपालको भावना, आत्मविश्वास, महत्वाकांक्षा र उत्कृष्टताको वास्तविक प्रतिनिधित्व गर्दछ । यस आबद्धतामार्फत हामी नेपालभरका दर्शकसँगको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउन र कजारियालाई आकांक्षा, भव्यता र समकालीन जीवनशैलीको पर्याय ब्रान्डका रूपमा स्थापित गर्न चाहन्छौँ ।”

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहित देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ ।

यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा ‘सुपरब्रान्ड २०२५’ को उपाधि, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छ ।

गुणस्तर र दिगोपनप्रतिको प्रतिबद्धता आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको कम्पनीले जनाएको छ । यसै क्रममा कजारियाले हालै ‘एनएस क्वालिटी अवार्ड २०२६’ समेत प्राप्त गरेको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको बलियो सञ्जाल विस्तार गरिसकेको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पहरू सहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।