काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण हिमाली तथा पहाडी भूभागसहित कोशी प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई तथा मधेस, बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ।











प्रतिक्रिया