काठमाडौँ।
नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।
सिंगापुरमा ३१ मे देखि सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्। उनीहरू यसअघि यूएईसँगको शृङ्खलामा खेलेका थिएनन्।
खेल जुन ९ सम्म चल्नेछ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, र साहब आलम समेटिएका छन्।











प्रतिक्रिया