शंकराचार्य विधुशेखर भारती जेठ ९ गते नेपाल आउँदै


काठमाडौँ
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् नेपालको ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन् । उहाँ जेठ ९ गते यती एअरलाइन्सको चार्टर फ्लाइटमार्फत काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

यती एअरलाइन्सका अनुसार शंकराचार्यलाई नेपाल ल्याउनका लागि एअरलाइन्सको जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।

आयोजकले दिएको जानकारीअनुसार धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि आयोजना गरिने बताइएको छ ।