काठमाडौँ।
प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका छन्। विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन अघि बढाएका थिए भने विपक्षी सांसदहरूले संसद्को बेल घेराउ गरेका थिए।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा गृह, विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए।
त्यसपछि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएका हुन्। उनीहरूले बैठकभर नाराबाजी जारी राखेका थिए।
विपक्षी दलको अवरोधकै बीच कानुनमन्त्री गौतमले प्रधानमन्त्रीका तर्फबाट विभिन्न विधेयक संसद्मा पेश गरेकी छन्।











प्रतिक्रिया