केन्द्रीय कारागारबाट फरार सपना तामाङ न्युरोडबाट पक्राउ


काठमाडौं ।

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको न्युरोड क्षेत्रबाट गएराति पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार तामाङ लुकिछिपी बसेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो।

तामाङ केही समयअघि सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी थिइन्। फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।