काठमाडौं ।
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन्। महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान करिब साढे १ बजे कारागारको कम्पाउन्ड पर्खाल नाघेर भागेकी प्रहरीले जनाएको छ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालका अनुसार तामाङ शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भोगिरहेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनले झ्यालबाट चढेर पर्खाल नाघ्दै फरार भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया