प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडाैँ।

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै विपक्षी दलले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नगरी संसद् चल्न नसक्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलगायतले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ अनुरूपको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुँदासम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने बताएका छन्।