काठमाडौं ।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
प्रहरीले उनलाई पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो । प्रसाईं अभियानको कार्यक्रमका लागि आज वीरगञ्ज पुगेका थिए ।
भोलिका लागि उनको अभियानको कार्यक्रम तय गरिएको थियो । तर कार्यक्रमको पूर्वसन्ध्यामै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रसाईंलाई किन पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन । घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया