काठमाडौं।
सरकारले स्वास्थ्य शिक्षा तथा जनचेतना मूलक सामग्री दुर दरजसम्म पुर्याउनका लागि नीजि क्षेत्रबाट सञ्चालित कुरियर सर्भिसको भर पर्नुपर्ने र सरकार हुलाक कार्यालय प्राय शून्य अवस्थामा थियो । अब हुलका कार्यालयलेनै यो सेवा सुचारु गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका गोदाम अहिले पनि जिल्ला पठाउन तयारी अवस्थामा रहेका स्वास्थ्य शिक्षा तथा सूचना सामग्री—पोस्टर, ब्रोसर, पुस्तिका तथा विभिन्न सचेतनामूलक सामग्रीले भरिएका छन् । तर आवश्यक समयमा ती सामग्री सम्बन्धित जिल्लास्थित कार्यालयसम्म पु¥याउन केन्द्रलाई कठिनाइ हुँदै आएको थियो ।
अब भने त्यो अवस्था बदलिने अपेक्षा गरिएको छ । केन्द्रले स्वास्थ्य शिक्षा सामग्रीको ढुवानी तथा वितरणका लागि हुलाक सेवा विभागसँग सहकार्य सुरु गरेको छ । यसै सहकार्यका लागि शुक्रबार दुवै सरकारी निकायबिच सम्झौता सम्पन्न भएको हो । विभागकी मनमाया भट्टराई पंगेनी र केन्द्रकी निर्देशक डा. राधिका थपलियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब स्वास्थ्य शिक्षा तथा सूचना सामग्री—जस्तै पोस्टर, ब्रोसर, पुस्तिका तथा अन्य सचेतनामूलक सामग्री—हुलाक सेवा विभागमार्फत देशभर ढुवानी र वितरण गरिनेछ । केन्द्रकी निर्देशक डा. थपलियाले यो सहकार्यले स्वास्थ्य शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी, छिटो र पहुँचयोग्य बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँल भन्नुभयो, “यो सम्झौताले देशभरका स्वास्थ्य शिक्षा कार्यक्रमहरूलाई थप प्रभावकारी, छिटो र पहुँचयोग्य बनाउन मद्दत गर्नेछ ।” उता विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सामग्री स्थानीय तहसम्म सहज र छरितो रूपमा पु¥याउने उद्देश्यले विभागले जिम्मेवारी लिएको बताउनुभयो ।
उहाले भन्नभयो, “हाम्रो ७५३ वटै स्थानीय तहसम्म नेटवर्क छ । वडा तहसम्म पनि हुलाकीमार्फत सेवा पुगेको अवस्था छ । स्वास्थ्यका सामग्री पनि स्थानीय र वडा तहसम्म पुग्न जरुरी रहेछ । त्यसैले दुई सरकारी निकायले समन्वय गरेर अघि बढ्ने निर्णय गरिएको हो ।” हाल हुलाक सेवा विभागले समयअनुसार आफ्ना सेवाको स्वरूप परिमार्जन गर्दै लगेको छ । महानिर्देशक भट्टराईका अनुसार स्वास्थ्यसम्बन्धी अन्य ढुवानी सेवामा समेत सहकार्य विस्तार गर्न विभाग सकारात्मक रहेको छ ।
विगत लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको हुलाक कार्यालय यतिबेला काममा व्यस्त भएको देखिन्छ । सरकारीले हुलाका कार्यालयले सदुपयोग गरि आम नागरिकका कागजपत्रहरु शैक्षिक प्रमाणपत्र, लाईसेन्स, पासपोर्ट लगायतका सामग्री पनि हुलाक मार्फत घर ठेगानामा पुर्याउने निर्णय गरेको छ । यो कार्यले आम नागरिकलाई समय सापेक्ष सेवा पाउने मात्र नभै सर्वसुलभ र समयको बचत हुने विज्ञहरुको ठम्याई छ ।











प्रतिक्रिया