लोकप्रिय हास्य अभिनेता जितु नेपालद्वारा निर्मित फिल्म आइ एम जीत बहादुरको शीर्ष गीत सार्वजनिक गरिएको छ।
आगामी असार ५ गते रिलिजमा आउने फिल्मको शीर्ष गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीत चर्चित भारतीय गायक कैलाश खेरले गाएका छन्।

फिल्मको मूल कथाको संकेत गर्ने गीतको भिडियोमा फिल्ममा समावेश विभिन्न दृश्य प्रस्तुत गरिएका छन्। ती दृश्यमा सुहाउ“दा र आकर्षक एआई भिडियोको प्रयोग पनि यथेष्ट मात्रामा गरिएका छन्। गीतले नेपाली दर्शक–श्रोतामाझ पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमको छ।
गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना तथा बव एसएनको संगीत रहेको छ।भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले गाउ“बाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा जितु नेपालको जोडीका रूपमा वर्षा राउत देखिने छिन्। केही समयअघि सार्वजनिक फिल्मको टिजरले युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको थियो।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, बाल कलाकार साहरा शर्मालगायतल पनि अभिनय गरेका छन्। कर्मभूमि क्रिएसनको ब्यानरमा निश्चल कु“वर र निरज नेपाल कार्यकारी निर्माता तथा राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माता रहेको फिल्म भारतीय सिनेमाटोग्राफर अरविन्दले छाया“कन गरेका छन्। निर्देशक सुभेन्दु घोषकै कथा र निर्देशनमा बनेको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।











प्रतिक्रिया