रायल इन्फिल्डको ‘रेन्टल पार्टनर्स मिट २०२६’ सम्पन्न


काठमाडौँ
नेपालमा रायल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ग्वार्कोस्थित रोयल टुलिप काठमाडौंमा ‘रेन्टल पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ । कार्यक्रममा मोटरसाइकल भाडा सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य रेन्टल साझेदारहरूबीच सहकार्य विस्तार गर्नुका साथै नेपालमा दुई–पाङ्ग्रे पर्यटनको सम्भावनाबारे छलफल गर्नु रहेको बताइएको छ । मोटरसाइकल पर्यटनको बढ्दो आकर्षणसँगै उद्योगका अवसर, सञ्चालन चुनौती तथा दिगो विकासका उपायबारे सहभागीहरूले विचार राखेका थिए ।

कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रायल इन्फिल्ड इन्डियाका प्रतिनिधि तथा अल्फा अटोमोटिभका पदाधिकारी सहभागी भएका थिए ।

छलफलका क्रममा नियामकीय समस्या, पूर्वाधार अभाव तथा दीर्घकालीन व्यवसायिक दिगोपनजस्ता विषय उठाइएको थियो । साथै सरकारी निकायसमक्ष साझा धारणा र सुझाव प्रस्तुत गर्न उद्योगबीच थप समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

वक्ताहरूले दुई–पाङ्ग्रे पर्यटनले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न, रोजगारी सिर्जना गर्न तथा ओझेलमा रहेका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए । नेपाललाई साहसिक मोटरसाइकल पर्यटनको आकर्षक गन्तव्य बनाउन यस क्षेत्रलाई थप सुदृढ बनाउनुपर्ने धारणा पनि राखिएको थियो ।

अल्फा अटोमोटिभले रेन्टल साझेदारसँग निरन्तर सहकार्य र समन्वय गर्दै उद्योगका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । रायल इन्फिल्डले पनि साझेदारी, समुदायिक सहभागिता तथा दिगो पर्यटनमार्फत नेपालमा सशक्त राइडिङ इकोसिस्टम निर्माण गर्ने जनाएको छ ।

कार्यक्रम सकारात्मक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । सहभागीहरूले नेपालको दुई–पाङ्ग्रे पर्यटन उद्योगको भविष्यप्रति आशावादी रहेको बताएका थिए ।


रायल इन्फिल्डबारे
सन् १९०१ देखि उत्पादन हुँदै आएको रायल इन्फिल्ड विश्वकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो। कम्पनीले सन् १९५५ मा भारतको मद्रासमा उत्पादन केन्द्र स्थापना गर्दै मध्यम क्षमताका दुई–पाङ्ग्रे सवारी साधनको बजार विस्तार गरेको थियो ।
कम्पनीका प्रमुख मोडलहरूमा बेयर ६५०, क्लासिक ६५०, बुलेट ६५०, गुरिल्ला ४५०, हन्टर ३५०, मेटेओर ३५०, सुपर मेटेओर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल जीटी ६५०, सटगन ६५०, हिमालयन ४५०, स्क्र्याम ४४०, बुलेट ३५० तथा क्लासिक ३५० लगायत रहेका छन्। कम्पनीले ‘फ्लाइङ फ्ली’ नामक नयाँ विद्युतीय ब्रान्ड पनि सार्वजनिक गरिसकेको छ ।


रायल इन्फिल्डले स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विभिन्न राइडिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘मोटोभर्स’ र ‘हिमालयन ओडिसी’ कम्पनीका चर्चित वार्षिक कार्यक्रम हुन् ।


आइशर मोटर्स लिमिटेड अन्तर्गत सञ्चालित रायल इन्फिल्डका भारतमा दुई हजारभन्दा बढी स्टोर तथा विश्वका ८० भन्दा बढी देशमा एक हजारभन्दा बढी स्टोर सञ्चालनमा रहेका छन् । कम्पनीका उत्पादन तथा प्राविधिक केन्द्र भारत र बेलायतमा रहेका छन् ।