नेपाल स्कटल्यान्डसँग फेरि एकपटक २ रनले पराजित

पुरुष क्रिकेट विश्वकप लिग २

1.03k
Shares

काठमाडौं ।

नेपाल विश्वकप लिग २ अन्तर्गत् आफ्नो सातौं चरणको त्रिकोणात्मक सिरिजमा सुरुआत खेलमै पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको निकै रोमाञ्चक बनेको खेलमा नेपाल डीएल पद्धतिअनुसार स्कटल्यान्डसँग २ रनले हारेको हो ।

केही क्षणको वर्षाले खेल ढिलो सुरु हुँदा नेपालले ३९ ओभरमा २ सय २१ रन बनाउनु पर्ने लक्ष्य निर्धारित गरिएको थियो । जबकी स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४३ रनको योगफल बनाएको थियो ।

अन्तिम ओभरमा नेपालले जितको लागि १३ रन बनाउनु थियो र क्रिजमा गुल्सन झा थिए । उनले ब्राड क्यूरीको बलिङमा सुरुआती ५ बलमा ४ रन जोडे भने अन्तिम बलमा छक्का प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त हुन सकेन । नतिजा नेपाल १ सय १८ रनमै रोकिएर २ रनले हा¥यो ।

योसँगैं नेपाल फेरि एकपटक स्कटल्यान्डसँग २ रनले हारेको छ । गत वर्ष स्कटल्यान्ड आयोजक बनेको यसै प्रतियोगिताको त्रिकोणात्मक सिरिजमा नेपाल जितको नजिक पुगेर हारेको थियो । त्यस खेलमा घरेलु टोलीले ३ सय २३ रन बनाउँदा जवाफमा नेपाल ३ सय २१ रनमै समेटिएको थियो ।

नेपालको ब्याटिङ दीपेन्द्रकै भरमा
आरिफ शेख, विनोद भण्डारी, अर्जुन कुमाल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी जस्ता उत्कृष्ट ब्याटर टोलीमा छन् । अझ, आवश्यक परेमा करण केसी, गुल्सन झा पनि बाउन्ड्री प्रहार गर्न सक्षम छन् ।

तर, पनि नेपालको ब्याटिङ दीपेन्द्रमै बढी नै भर परिरहेको यो खेलले अझ प्रस्ट्याइ दिएको छ । यसअघिका अघिल्ला सिरिजहरूमा पनि नेपाली ब्याटिङमा दीपेन्द्र संकटमोचक बनेका थिए ।
ओपनर विनोद १० रनमै आउट भएका थिए । मार्क वाटले यसै ओभरमा अर्जुृनलाई शून्यमै आाउट गरेर नेपाललाई ठूलो झड्का दिएका थिए । अर्का ओपनर आसिफ पनि २१ रनमा ज्याक जार्भिसको शिकार भए ।

३÷४५ को स्थिति भएपछि कप्तान रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे । रोहित ४६ बलको सामना गरेर ३२ रनमै ब्राड क्युरीको बलमा आउट भएका थिए । रोहित आउटभए लगतै दीपेन्द्र पनि पभेलियन फर्के ।

दीपेन्द्रले ५ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । यो उनको ओडीआईमा आठौं अर्धशतक पनि हो । यसपछि आरिफलाई ३ रनमा क्युरीले आउट गरेसँगैं १ सय २९ रनमा नेपाल ६ महत्वपूर्ण विकेट गुमाइसकेको अवस्थामा पुग्यो ।

यसपछि करण र गुल्सनले नेपालले जित्ने कल्पना गर्ने अवस्था सिर्जना गरे । उनीहरूले सातौं विकेटका लागि ६.२ ओभरमा ४० रन जोडेका थिए । यो साझेदारी पनि क्युरीले तोडेका थिए । उनले करणलाई १८ रनमा आउट गरेका थिए ।

गुल्सनको अर्धशतक
गुल्सनले नन्दन यादवको सहयोगमा निकै आक्रमक ब्याटिङ गरेर अर्धशतक पूरा गरेका थिए । धेरै जसो स्ट्राइक आफुले लिएर नेपाललाई जित्ने अवस्थामा अग्रसर गरेका थिए ।
अन्तिम ओभरमा उनले २÷२ रन दुई पटक लिए भने अन्तिम बलमा छक्का प्रहार गरेका थिए । तर, क्युरीले तीन डट बल राख्नाले नै नेपालको हार निश्चित भएको थियो ।

३५ बलको सामना गरेका गुल्सन ६१ रनमा र नन्दन ८ रनमा नटआउट रहे । गुल्सनको लोभलाग्दो ब्याटिङमा ५ छक्का र २ चौका सामेल थिए ।

बलिङमा सन्दीपलाई ४ विकेट
स्कटल्यान्डले सानदार सुरुआत गरेको थियो । जर्ज मुन्सी र फिनले म्याकग्राथले शतकीय साझेदारी गरेर नेपाली बलरलाई हतास बनाइसकेका थिए ।

तर, सन्दीप लामिछानेले यो खतरनाक बनिरहेको जोडीलाई एकै ओभरमा पभेलियन फर्काएर नेपाललाई ठूलो राहत दिलाए । मुन्सीले ७५ रन र म्याकग्राथले ३५ रन बनाएका थिए । उनीहरूले पहिलो विकेटका लागि १ सय १४ रन साझेदारी गरेका थिए ।

सन्दीपले यसपछि कप्तान रिची ब्राइटन र ब्रान्डन म्याकमुलनको विकेट पनि लिए । योसँगैं उनले ११४÷० को राम्रो अवस्थामा रहेको स्कटल्यान्डलाई १२८÷४ को खराब स्थितिमा पु¥याइदिएका थिए ।
सन्दीपले १० ओभरमा १ मेडनसहित ४१ रन दिएर ४ विकेट लिएका थिए । अन्य बलरमा करण र नन्दनले २÷२ विकेट लिए भने रोहित, गुल्सन, ललित राजवंशी र दीपेन्द्र विकेटविहीन बनेका थिए ।

संक्षेपमा नतिजाः
स्कटल्यान्ड २४३–८ (५० ओभर) मुन्सी ७५, सन्दीप ४–४१
नेपाल २१८–७ (३९ ओभर) गुल्सन ६१, क्युरी ३–४३
नेपाल २ रनले पराजित (डी÷एल पद्धति)