अमेरिका–इरान तनाव पुनः उत्कर्षमा


काठमाडौं ।

अमेरिका र इरानबीचको कूटनीतिक तनाव पुनः तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धविराम “जीवन–मरणको अवस्थामा” पुगेको बताउँदै इरानको पछिल्लो प्रस्ताव पूर्ण रूपमा अस्वीकार्य रहेको स्पष्ट पारेका छन्। उहाँको कडा प्रतिक्रियापछि वार्ताको सम्भावना झनै कमजोर बनेको छ।

इरानले पनि अमेरिकी दबाबमा नझुक्ने चेतावनी दिँदै आफ्नो सेना कुनै पनि आक्रमणको सामना गर्न तयार रहेको जनाएको छ। यसबीच, खाडी क्षेत्रमा महिनौँदेखि कायम रहेको युद्धविराम अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ।

तनाव बढेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। साथै, महत्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ प्रभावित हुने आशंका बढेपछि विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। मल लगायत आवश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने देखिएको छ।