रसुवा ।
रसुवाको सदरमुकाम धुन्चेमा एक महिने कुक र बारिस्ता तालिम सन्चालन भएको छ । माथिल्लो त्रिशुली जलविधुत २ सय १६ मेगावाट अन्तरगत एनडब्लुईडीसि र गोसाईकुण्ड गा,पा वडा नम्बर ६ को सँयुक्त सहकार्यमा आयोजना प्रभावित क्षेत्रमा सिप विकास तालिम वडा नम्बर ६ धुन्चे का युवायुवती हरुलाई स्वरोजगार बनाउने उदेश्ले सन्चालन गरिएको बताईएको छ ।

वेरोजगारवाट रोजगार बनौ स्वदेश तथा विदेश मा काम गर्न सिप सिकौ भनेर युवायुवती हरुको माग बमोजिम बैसाख २९ गते बाट जेठ २९ गते सम्म कुक तथा बारिस्ता छुट्टाछुट्टै २५,२५ जना रहने प्रशिक्षक द्धय सँन्जिव चौधरि र सुसान्त बस्नेत ले जानकारि दिनुभयो ।
हामीले सामान्य कफी र कुकिङ गरिरहेको अवस्थामा अहिले को समय फेरियो परम्परागत लाई आधुनिकतातिर जान यो तालिमले सहयोग पुग्ने प्रशिक्षार्थि चमेलि विक ले बताउनु भयो । हामीले यो सिप सिकेर विचमा नछोडि व्यवसायि रुपमा लैजाने छौ र आत्मनिर्भर बन्नेछौ अर्का प्रशिक्षार्थी अमिला तामाङले बताउभयो ।
बैसाख ३० गते तालिमको उद्धधाटन गोसाईकुण्ड गाँउ पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले गर्नुभयो र सबैले मन लगाएर सिक्नुहोस यो सानो सिकाईले राम्रो आम्दानीको श्रोत बन्छ ।











प्रतिक्रिया