प्रस्तुत नीति तथा कार्यक्रमा खेलकुदमा नयाँ केही छैन


काठमाडौं ।

नयाँ सरकारबाट आएको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिमा खेलकुद विषयलाई पनि समेटिएको छ । खेलकुदमा योजना त्यस्तो कुनै नयाँ कुरा भने समावेश गरिएको छैन ।

सरकारले सरकारले खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने योजनालाई नीति तथा कार्यक्रममा समेटेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

यस्तै उक्त नीति तथा कार्यक्रममा खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिनेसमेत रहेको छ ।