काठमाडौं ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सेवा प्रवाहमा समय परिवर्तन गर्दै सहकारी पीडित बचतकर्ताहरूका निवेदन अब दिउँसो ३ बजेपछि मात्र दर्ता गरिने जनाएको छ।
समितिका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता तथा विवरण भिडानसम्बन्धी काम मात्र सञ्चालन हुनेछ।
समितिले बचतकर्ताको मागदाबी र विवरण मिलानलाई प्राथमिकता दिनुपर्ने भएकाले यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू हुने स्पष्ट पारेको छ।
त्यसैगरी, विभिन्न प्रकारका सेवा कार्यहरू फरक–फरक तहका कर्मचारीमार्फत सम्पादन गरिने व्यवस्था गरिएको छ।
स्टेटमेन्ट माग, सामान्य निवेदन, कागजातको नक्कल, ऋण मिलान, सम्पत्ति खाली तथा रोक्का–फुकुवा, अदालत सम्बन्धी समन्वय लगायतका काम सम्बन्धित शाखा र जिम्मेवार अधिकारीहरूले गर्ने समितिले जनाएको छ।












प्रतिक्रिया