काठमाडौँ
रिलायन्स फाइनान्स र साहित्यपोस्ट डटकम बिच सम्झौता भएको छ । सम्झौता अनुसार फाइनान्समा कार्यरत कर्मचारीले साहित्यपोस्टको डिजिटल पुस्तकालयमा रहेका साहित्य, अर्थतन्त्र र जीवनी लगायतका हजार बढी पुस्तकहरू पढ्न र सुन्नका लागि ई–बुक र अडियो बुकको सुविधा पाउने भएका छन् ।
कर्मचारीले साहित्यका साथै बैंकिङ क्षेत्रसँग सम्बन्धित आर्थिक पुस्तकहरू र विश्वका सफल व्यक्तिहरूको जीवनी पढेर व्यावसायिक ज्ञान हासिल गर्दै कार्यक्षमतामा वृद्धि ल्याउने अपेक्षा गरिएको छ ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्लले साहित्यपोस्टसँगको यो सहकार्यले कर्मचारीहरूको पठन संस्कृतिको विकास हुुदै बौद्धिक तथा वृत्ति विकासकामा समेत सहयोग हुुनेमा आफुु विश्वस्त रहेको बताउनुभयो ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहक तथा कर्मचारीहरूलाई यस्ता नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।











प्रतिक्रिया