नवलपरासी ।
आठौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न दोश्रो सेमिफाइनलमा आयोजक राईनो क्लव बिजयी भएको छ ।
राईनोले संकटा बिरूद्ध ३–० अन्तरमा जित निकाल्दै फाईनल यात्रा सुनिश्चित ग¥यो । पहिलो हाफ बराबरी रहे भने दोश्रो हाफमा राइनोका तर्फबाट विकी चाम्लिङ,अजित लामा र रोशन क्षेत्रीले संकटा बिरूद्ध एक एक गरि ३ गोल बर्षाएका थिए ।
फाईनलमा नेपाल पुलिस र आयोजक राईनो भिड्ने छन् । उपाधि विजेताले ८ लाख र उपविजेता टोलीले ४ लाख नगद पाउने छन् ।











प्रतिक्रिया