चापाकोट क्रिकेट लिग वैशाख २६ देखि


स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिकामा यही वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म चापाकोट क्रिकेट लिग आयोजना हुने भएको छ ।

चापाकोट नगर क्रिकेट संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगिता गंगालाल माविको खेलमैदानमा हुनेछ ।

प्रथम हुने टोलीले १ लाख १० हजार रुपैयाँ र दोस्रो स्थान हासिल गर्ने टोलीले ६० हजार रुपैयाँ पाउनेछन् ।