रोल्पाको जलजलामा जीप दुर्घटना: १७ जनाको मृत्यु


काठमाडौँ।

रोल्पाको थवाङस्थित जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको छ ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।