माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी रहेको जग्गा मन्त्रिपरिषद्को निर्णयमार्फत सट्टापट्टा गरी बिक्री गरिएको अख्तियारको आरोप छ।

नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद् बैठकले कम्पनीलाई ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको र त्यसकै आधारमा जग्गा बिक्रीको बाटो खुलेको अख्तियारको दाबी छ।

आयोगले उक्त प्रकरणमा प्रतिवादी बनाइएका व्यक्तिहरूविरुद्ध करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।