काठमाडौं ।
काठमाडौंमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुन ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कायम भएको छ, जुन सोमबार ५ हजार ४५ रुपैयाँ थियो। नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण हुने गर्दछ।











प्रतिक्रिया