काठमाडौँ
अग्रणी एफएमसीजी समूह तथा मल्टी–बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा होरेका (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ ।
उक्त घोषणा यही अप्रिल २२ देखि २५ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित जिएआइ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२६ को ११औँ संस्करणमा गरिएको हो, जहाँ ब्रान्डले डायमण्ड स्पोन्सरका रूपमा सहभागिता जनाएको छ ।
ब्रान्डका अनुसार यो कदम नेपालमा क्याच स्पाइसेसको विकासको अर्को चरण हो । यसमार्फत वितरण सञ्जाल विस्तार गर्ने, बजार पहुँच बढाउने तथा रिटेल र फुड सर्भिस क्षेत्रका साझेदारहरूसँग अझ मजबुत सम्बन्ध निर्माण गर्ने लक्ष्य राखिएको छ । मसला बजारमा विश्वसनीय नामका रूपमा स्थापित क्याच स्पाइसेसले घरेलु उपभोक्ता र व्यवसायिक किचेन दुवैका आवश्यकताअनुसार आफूलाई अनुकूल बनाउँदै आएको छ । कार्यक्रममा स्टल नम्बर बी १२४, बी १२५, बी ११९ र बी १२० मा विभिन्न मसला उत्पादनहरू प्रदर्शन गर्दै गुणस्तर र नवीनता प्रस्तुत गरिएको छ ।
यस अवसरमा डीएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले नेपालमा रणनीतिक विस्तारले प्याकेज्ड मसला उद्योगको रिटेल नेटवर्कमा ब्रान्डको उपस्थितिलाई अझ गहिरो बनाउने बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म उल्लेखनीय बजार पहुँच हासिल गर्ने लक्ष्य रहेको छ । स्वाद, सुगन्ध र रङमा स्थायित्वको बढ्दो मागलाई ध्यानमा राख्दै क्याच स्पाइसेसले स्थानीय स्वादअनुसार विविध उत्पादन उपलब्ध गराउँदै आएको छ । साथै, सन् २०२६–२७ आर्थिक वर्षको अन्त्यसम्म नेपालका प्रमुख फुड सर्भिस क्षेत्रमा सशक्त उपस्थिति स्थापना गर्ने योजना पनि रहेको उनले बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका प्रख्यात सेफ तथा नेपालका लागि ब्रान्ड एम्बेसडर सन्तोष शाहद्वारा अप्रिल २२ र २३ मा विशेष लाइभ कुकिङ सेसन सञ्चालन गरिएको थियो। उक्त सेसनमा उनले क्याच स्पाइसेस प्रयोग गरी आफ्ना विशेष परिकारहरू प्रस्तुत गर्दै आधुनिक होरेका प्रयोगका लागि यसको बहुपयोगिता प्रदर्शन गरेका थिए ।
जिएआइ २०२६ मा सहभागितामार्फत क्याच स्पाइसेसले सेफ, वितरक तथा फुड सर्भिस साझेदारहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । साथै, नेपालभर रिटेल नेटवर्क विस्तार गर्दै होरेका क्षेत्रमा बलियो उपस्थिति निर्माणमा केन्द्रित रहेको जनाएको छ । क्याच स्पाइसेस हाल भाटभटेनी स्टोर्स, खुद्रा पसलहरू, नेपाल सेनाका क्यान्टिन तथा दराजजस्ता इ–कमर्स प्लेटफर्ममार्फत उपलब्ध छ ।
डीएस ग्रुप (धरमपाल सत्यपाल समूह) सन् १९२९ मा स्थापना भएको एक अग्रणी एफएमसीजी समूह हो, जसको भारत तथा अन्तर्राष्ट्रिय बजारमा सशक्त उपस्थिति रहेको छ । खाद्य तथा पेय पदार्थ, कन्फेक्शनरी, माउथ फ्रेशनर, हस्पिटालिटी, कृषि, लक्जरी र रिटेल लगायतका क्षेत्रमा यसको विविध व्यवसाय विस्तार भएको छ । साथै, समूहले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै दिगो विकासका लक्ष्यअनुसार आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।











प्रतिक्रिया