काठमाडौं ।
फिफा विश्वकप–२०२६ अन्तर्गत पाराग्वेविरुद्धको खेलमा अमेरिकाले पहिलो हाफमै ३–० को सहज अग्रता बनाएको छ।
लस एन्जलस स्टेडियममा जारी खेलको ७औँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाको आत्मघाती गोलबाट अमेरिका अघि बढेको थियो।
त्यसपछि ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को बलियो अवस्थामा पुर्याए।











प्रतिक्रिया