काठमाडौँ
वल्र्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले देशभरका उदीयमान तीव्र गतिका बलरको खोजी तथा विकास गर्ने उद्देश्यले ‘बीट द स्पिड – सिजन ३’ सुरु गरेको छ ।
यस अभियानले युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना देखाउने अवसर प्रदान गर्दै ग्रासरुट क्रिकेटलाई मजबुत बनाउने लक्ष्य लिएको छ ।
अघिल्ला संस्करणहरू सफल भएसँगै कार्यक्रमले नेपाली क्रिकेटमा प्रभाव पार्दै आएको छ, जहाँ गत सिजनका विजेता हिक्मत महराले नगदसहित जस्ट क्रिकेट एकेडेमीमा प्रशिक्षण अवसर पाएका थिए । यसपटक कार्यक्रम २३ सहरमा सञ्चालन हुँदै उत्कृष्ट १० खेलाडीलाई काठमाडौंमा हुने ग्रान्ड फाइनलका लागि छनोट गरिनेछ ।
चर्चित कमेन्टेटर एन्ड्र्यु लियोनार्डको सहभागिताले कार्यक्रम थप आकर्षक बनेको छ भने विजेता, उपविजेता र प्रतिभाशाली खेलाडीहरूले नगद पुरस्कारसँगै बेंगलोरस्थित एकेडेमीमा छात्रवृत्तिसहित प्रशिक्षण अवसर पाउनेछन् ।











प्रतिक्रिया