काठमाडौँ
नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक कोष प्रवर्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
बोर्डले २०८३ वैशाख २ गते ‘एलएस होराइजन १२’ बन्दमुखी योजनालाई स्वीकृति प्रदान गरेको हो । १२ वर्ष अवधि रहेको उक्त योजना अन्तर्गत १२ करोड इकाई निष्कासन गरिनेछ, जसको प्रति इकाई मूल्य १० रुपियाँ तोकिएको छ ।
बन्दमुखी योजना भएकाले यो निश्चित अवधिसम्म सञ्चालनमा रहनेछ । कम्पनीले यसअघि पनि उच्च प्रतिफल दिने सफल योजनाहरू सञ्चालन गरिसकेको जनाएको छ । यस स्वीकृतिसँगै नेपाली पूँजी बजारमा सामूहिक लगानी कोषको दायरा अझ फराकिलो हुने अपेक्षा गरिएको छ, जसले साना तथा ठूला लगानीकर्तालाई व्यवस्थित रूपमा लगानी गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।











प्रतिक्रिया