काठमाडौं ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले आजदेखि सिनामंगलस्थित गल्फ कोर्स रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सुरु हुने भएको छ । वैशाख ४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा सिजन २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यस प्रतियोगिताको कुल पुरस्कार राशि रु. ४ लाख २५ हजार रहेको छ । विजेताले रु. १ लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु. ७५ हजार प्राप्त गर्नेछन् । तेस्रो र चौथो स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः रु. ५६ हजार र रु. ४२ हजार पाउनेछन् ।
क्वार्टरफाइनलबाट बाहिरिने चार खेलाडीहरूले जनही रु. १८ हजार पाउनेछन् । यस्तै, पहिलो चरणमै सीमित भएका ८ खेलाडीहरूलाई जनही रु. १० हजार प्रदान गरिनेछ ।











प्रतिक्रिया