काठमाडौं ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीले ६ सदस्यीय समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका एसएसपी कमल थापाको संयोजकत्वमा समिति बनाइएको हो।
दुर्घटनामा ८ जनाको मृत्यु तथा १६ जना घाइते भएका थिए। समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण र जिम्मेवार पक्षको पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको नेपाल प्रहरीले जनाएको छ। प्रधानमन्त्री कार्यालयले पनि घटनाको छानबिन गर्न निर्देशन दिएको थियो।











प्रतिक्रिया