काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका विषयमा प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ।
उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलले बागमती प्रदेशबाट अभियान सुरु गरेको हो। स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी संगठनलाई थप प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले सुझाव सङ्कलन अभियान सञ्चालन गरिएको एमालेले जनाएको छ।
कार्यदलले विभिन्न प्रदेश, जनसङ्गठन तथा पार्टीका विभाग र निकायका पदाधिकारीसँग छलफल गरी प्राप्त सुझावलाई प्रतिवेदनका रूपमा पार्टी नेतृत्वसमक्ष प्रस्तुत गर्नेछ।











प्रतिक्रिया