कलाकार लम्साललाई बूढानीलकण्ठबाट पक्राउ


काठमाडौँ ।

कलाकार सागर लम्साललाई बूढानीलकण्ठबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले पक्राउको जानकारी दिए।

लम्सालमाथि अमेरिकामा बस्ने एक युवतीले एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी छिन्। उनीमाथि छानबिन गर्न समाजका विभिन्न पक्षबाट दबाब बढेको थियो। अहिले प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।