कांग्रेस संसदीय दलको बैठक आज बस्दै


काठमाडौं ।

काठमाडौंमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु हुनुअघि रणनीति तय गर्न बैठक आह्वान गरिएको हो।

कांग्रेस सांसद गीता गुरूङका अनुसार बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

आजै दिउँसो २ बजे संघीय संसद्को बहुद्देश्यीय कक्षमा प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु हुँदैछ। अधिवेशन उद्घाटनका अवसरमा दलगत आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम तय भएको छ।

कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।