काठमाडौँ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम तयार गरेका छन्।
उनका प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन्। त्यसैगरी, राजनीतिक सल्लाहकारमा असिम शाह र मुख्य स्वकीय सचिवमा सुवाश शर्मा नियुक्त भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र तथा निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्।
सचिवालयका अन्य पदहरूमा पनि चाँडै नियुक्ति गरिने बताइएको छ।














प्रतिक्रिया