एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा


काठमाडौँ।

अखिल नेपाल फुटबल संघले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्वन गरेको छ।

एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले खड्कालाई अर्को साधारणसभासम्मका लागि निलम्बन गरेको हो । एन्फाको विधानको धारा ३२ (२) र (६) बमोजिम आकस्मिक भिडियो कन्फरेन्स बैठक राखेर उनलाई निलम्वन गरिएको हो ।

भिडियो कन्फेरेन्समा छलफलको एजेण्डा नै एन्फा विधानको धारा ३८ (१६) अनुसार खड्कामाथि अनुशासनको कारबाही गर्ने सम्बन्धी रहेको थियो ।

Skip This