महाभारत’ मा कर्णको भूमिका निभाएका पंकज धीरको निधन


काठमाडौँ।

टिभी सिरियल “महाभारत” मा कर्णको भूमिकाबाट चर्चित अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा बुधबार निधन भएको छ।

बीबीसीका अनुसार फिल्म तथा टिभी कलाकारहरूको संस्था, सिन्टाका अध्यक्ष अमित बहलले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।

संस्थाले समवेदना व्यक्त गरेको छ।

पंकज धीर विगत केही महिनादेखि बिरामी थिए, तर उनको मृत्युको कारण अझै खुलाइएको छैन।

पंकज धीरको अन्तिम संस्कार बुधबार साँझ ४:३० बजे मुम्बईको विले पार्ले श्मशानघाटमा गरिने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।