काठमाडौं ।
मनसुन सक्रिय रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव कमजोर देखिएको छ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही भागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।
राति पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम तथा कोशी र बागमतीका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।











प्रतिक्रिया